राष्ट्रिय सभामा राजपाका यादव विजयी

डिसी नेपाल
९ माघ २०७६ १८:४४

काठमाडौं। राष्ट्रियसभाको बिहीबार भएको चुनावमा प्रदेश नम्बर २ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का मृगेन्द्रसिंह यादव विजयी भएका छन्।

अन्यतर्फको प्रतिस्पर्धामा उनले आफ्नै भाइ समाजवादीका उम्मेद्वार अनिरुद्दसिंह यादवलाई पराजित गरे।
मृगेन्द्रसिंहले स्थानीयतर्फ १४८ र प्रदेशतर्फ ५७ मत गरी कुल ५४०० मतभार प्राप्त गरे।

त्यसैगरी समाजवादीका उमेदवार अनिरुद्दसिंहले स्थानीयतर्फ १२० र प्रदेशतर्फ ४९ मत गरी ४५१२ मतभार प्राप्त गरे।

प्रदेश २ मा महिलातर्फ नेकपाकी तुलास दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *