नाडाल तेस्रो चरणमा

डिसी नेपाल
९ माघ २०७६ १९:२०

एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा बिहिबार भएको दोस्रो चरणमा अर्जेन्टिनाका फेड्रिको डेल्बोनिसलाई हराउँदै नाडाल तेस्रो चरणमा पुगेका हुन् । नाडालले फेड्रिकोमाथि ६–३, ७–६(७–४) र ६–१ को सेटमा पराजित गरे ।

यस्तै १५ औं वरियताका स्टान वावारिन्काले आन्द्रियास सेप्पीलाई हराएर तेस्रो चरणमा पुगेका छन् । महिलातर्फ सिमोना हालेप तेस्रो चरणमा पुगेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *