तेस्रो श्रेणीको क्लवसँग हारेर एथ्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो

डिसी नेपाल
१० माघ २०७६ ८:३०

काठमाडौँ । स्पेनिस क्लब एथ्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरिएको छ । एथ्लेटिको मड्रिडलाई तेस्रो डिभिजन क्लब कल्चरल लेओनेसाले २-१ गोल अन्तरले पराजित गरेको छ ।

लेओनेसाको जितमा जुलेन कास्टानेडा र सेर्जियो बेनिटोले एक एक गोल गरेका थिए भने एथ्लेटिकोका लागि एन्जल कोर्रेयाले एक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि अतिरिक्त समय खेलाइएको खेलमा १०८औ मिनेटमा लेओनेसाका लागि बेनिटोले निर्णायक गोल गरेका थिए ।

योसँगै कोपा डेल रेको अन्तिम १६ को समीकरण पुरा भएको छ । जसमा ला लिगा खेल्न १० टिम र आँट डिभिजनका ६ क्लब अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

अन्तिम १६ को ड्र आज हुदै छ । अन्तिम १६ मा पुग्ने टिममा बार्सिलोना, एथलेटिको बिबाओ, ग्रान्डा, लेगानेज, ओसासुना, रियल मड्रिड, रियल सोसिएडाड, सेभिल्ला, भलेन्सिया, भिल्ला रियल, बडाजोज, कल्चरल लेओनेसा, मिरान्डेज, रायो भलेकानो, टेनेरीफे र जारागोजा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *