साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

डिसी नेपाल
१० माघ २०७६ १०:२७

लहान । लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ।

साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन १ गतेदेखि वडामा साक्षर कक्षा सञ्चालन गर्न लागेको जनाएको छ।

साक्षर कक्षामा नगरक्षेत्र भित्र रहेका विद्यालयका शिक्षकलाई खटाइने योजना रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिए।

निरक्षरलाई अक्षर वा लिपी चिन्न, लेखपढ गर्न र गणना गर्न सक्ने बनाउनु सो साक्षरता कक्षाको ध्येय रहेको जनाइएको छ। कक्षामा सञ्चालन गर्न लहान नगरपालिका प्रमुख मुनी साहको संयोजकत्वमा साक्षरता अभियान समिति गठन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *