न्यूयोर्कमा आप्रवासीलाई पनि मतदानको अधिकार दिलाउने अभियान

डिसी नेपाल
१० माघ २०७६ १०:०६

न्यूयोर्क। अमेरिकाको न्यूयोर्क शहरमा युनाइटेड नेबरहुड हाउसेज र न्यूयोर्क इमिग्रेसन कोलिसनको नेतृत्वमा ४५ नीति तथा आप्रवासी अधिकारका पक्षमा कार्यरत संघ संस्थाको शहरव्यापी गठबन्धनको घोषणा भएको छ ।

यहाँको सिटी हलमा आप्रवासीका लागि मताधिकार दिलाउने उद्देश्यले सुरु गरिएको ‘हाम्रो शहर हाम्रो भोट’ अभियानको शुभारम्भ कार्यक्रममा यो गठबन्धनको घोषणा गरिएको हो । यसले न्यूयोर्क शहरमा स्थायी बसोवास अनुमति पाएका वा कामको लागि कानुनी मान्यता पाएका न्यूयोर्कका स्थायी वासिन्दा आप्रवासीहरुलाई मताधिकार दिलाउने पहल गर्नेछ ।

अहिले झण्डै १० लाख न्यूयोर्कका वासिन्दाले यहाँको स्थानीय निर्वाचनमा मतदान गर्न पाउँदैनन् किनकि उनीहरुसँग अमेरिकी नागरिकता छैन । तर, उनीहरुले यहाँ स्थायी बसोवासको लागि मान्यता पाएका छन्, नियमित कर तिर्छन् र शहरको लागि योगदान गरिरहेका छन् । यसरी मताधिकारबाट बञ्चितहरुमा नेपाली आप्रवासीहरु पनि छन् र यो आजको कार्यक्रममा नेपाली आप्रवासीहरुको पनि प्रतिनिधित्व थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *