न्युजिल्याण्डसँगको पहिलो टी–२०मा भारतको जित

डिसी नेपाल
१० माघ २०७६ १६:२०

एजेन्सी । न्युजिल्याण्डविरुद्धको पहिलो टी२० खेलमा भारतले जित हात परेको छ । पहिलो खेलमा पाहुना टोली भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्‍यो।

अक्ल्याण्डमा २ सय ४ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसको जितमा लोकेश राहुल र श्रेयस आएरले अर्धशतकीय इनिङ्स खेले । आएरले सर्वाधिक अविजित ५८ रन बनाउँदा लोकेश राहुलले ५६ रन बनाए । यस्तै कृतान विराट कोहलीले ४५ रनको योगदान गरे । न्युजिल्याण्डका इश सोढीले २ तथा मिचेल साण्टनर र ब्ल्याएर टिक्नरले समान १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । उसका तिन खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । कोलिन मुन्रोले ५९, रोस टेलरले ५४ तथा कप्तान केन विलियाम्सनले ५१ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *