विमलको गोलमा मनाङको कठिन जित

डिसी नेपाल
१० माघ २०७६ १६:२७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले साँघुरो जित निकालेको छ । शुक्र्बे भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो ।

त्यसअघि मनाङले पहिलो हाफमा गोल गरेपनि पोस्टको जाली प्वाल परेको कारण गोलको मान्यता पाएन । खेलको १५ औं मिनेटमा निशान लिम्बुले डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । तर, निशानको पावरफुल सटको कारण बल पोस्टको जालीबाट बाहिर निस्किएको थियो ।

सरस्वतीमाथि संघर्षपूर्ण जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । तर, मनाङ गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ । आर्मी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहदा मछिन्द्र फुटबल क्लब ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *