पर्याप्त आराम नपाएको भन्दै बीसीसीआईमाथि विराटको असन्तुष्टि

डिसी नेपाल
१० माघ २०७६ १७:०२

एजेन्सी । भारतीय कप्तान विराट कोहलीले निकै व्यस्त खेल तालिकाबारे भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) माथि असन्तुष्टि जनाएका छन् । लगातार खेल भएको र खेलाडीले आराम गर्ने समय समेत अपुग भएको कारण विराटले बोर्डमाथि असन्तुष्टि पोखेका हुन् ।

‘हरेक दिन व्यस्त खेल तालिका छ । एकदिन रंगशालामानै विमान ल्याउनु पर्ने अवस्था आउन सक्छ,’ विराटले भनेका छन्, ‘फरक राष्ट्रमा खेल्न जाँदा फरक समय हुने र त्यसमा घुलमिल हुन केहि समय लाग्छ । तर, खेलाडीले एक सिरिजपछि पर्याप्त आराम समेत पाएका छैनन् ।’

घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको सिरिज लगत्तै बिना आराम भारतीय टिम न्युजिल्याण्ड पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *