ए डिभिजन लिगः सन्तोषको निर्णायक गोलमा च्यासलको साँघुरो जित

डिसी नेपाल
१० माघ २०७६ १७:३९

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । सन्तोषले थप गरिएको इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । खेलमा च्यासलका नाकामुरा म्यान अफ दि म्याच चुनिए ।

जितसँगै च्यासल ८ खेलमा ९ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ । ब्रिगेड ८ खेलमा ८ अंकसहित दशौँ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *