अष्ट्रेलियन ओपनमा फेडेररले पुरा गरे जितको शतक, चौथो चरणमा प्रवेश

डिसी नेपाल
१० माघ २०७६ २३:०५

एजेन्सी । स्विस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा अष्ट्रेलियाका जोन मिलम्यानलाई हराएर फेडेरर चौंथो चरणमा पुगेका हुन् ।

अष्ट्रेलियन ओपनमा ६ पटकको च्याम्पियन फेडेररले मिलम्यानलाई ४–६,७–६ (७–२),६–४, ४–६ र ७–६(१०–८) को सेटमा पराजित गरे । निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले जित निकाल्न ४ घण्टा ३ मिनेटको समय निकाले ।

यो जितसँगै ३८ वर्षे फेडेररले अष्ट्रेलियन ओपनमा १०० औं जित निकाले । अब फेडेररले हंगेरीका मार्टोन फुच्सोभिससँग खेल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *