फेक आईडी काण्डबारे छलफल गर्न एनआरएन अमेरिकाको आपतकालीन बैठक

डिसी नेपाल
११ माघ २०७६ १६:४९

वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ अमेरिकाको केन्द्रीय बैठक जनवरी २६ आइतावर साँझ ८ बजेलाई तय भएको छ । संघका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लले फेक आइडीहरु बनाई अमेरिकाबासी नेपालीहरुको भए नभएको कुरा सामाजिक सञ्जालमा सार्वजानिक गरेको आरोप लगाउँदै कोषाध्यक्षमा पराजित भएका प्रसन्न संग्रौलाले फेसबुक लाइभमार्फत आरोप लगाएपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

संघका उपाध्यक्ष कृष्णजीवी पन्थको नेतृत्वमा २५ सदस्यमध्ये कार्यसमितिका १३ जना सदस्यले अनावश्यक विवाद उठेकोले संघको बद्नामी भएको भन्दै तत्काल बैठक बोलाएर समस्या समाधान गर्न लिखित दवाव दिएपछि २६ जनवरीलाई बैठक बोलाइएको हो । प्रवक्ता भट्टराई र सल्लाहकार मल्लले मिलेर एनआरएनका अभियन्ताहरुको व्यक्तिगत जीवन र चरित्रका विषयमा भए नभएका कुराहरु सिधाकुरा नामक फेक पेज बनाएर सार्वजानिक गरिदिँदा कतिपयको जिन्दगीमा ठूलो असर परेको कुरा संग्रौलाले सार्वजानिक गरिदिएका थिए । यो प्रकरण सार्वजानिक भएलगत्तै यसबारे बैठक बोलाउन माग गरिए पनि अध्यक्ष सुनील साहले कार्यव्यस्तताका कारण भन्दै बैठक आइतबारलाई मात्र डाकेका छन् । उपाध्यक्ष कृष्णजीवी पन्थले यसबारे प्रतिक्रिया दिँदै आइतवारको बैठकमा यसबारे विस्तृत छलफल गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *