फेडेरर अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

डिसी नेपाल
१२ माघ २०७६ १८:३४

एजेन्सी। स्विस टेनिस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा आइतबार भएको खेलमा हंगेरीका मार्टोनलाई पराजित गर्दै फेडेरर क्वाटरफाइनलमा पुगेका हुन् ।

तेस्रो वरियताका फेडेररले बिना वरियताका मार्टोनसँग पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गरेका थिए । फेडेररले मार्टोनलाई ४–६, ६–१, ६–२ र ६–२ को सेटमा पराजित गरे ।

यससँगै फेडेरर १५ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । अब फेडेररले क्वाटरफाइनलमा अमेरिकाका टेनीज स्याण्डग्रीनसँग खेल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *