यू१९ विश्वकपको क्वाटरफाइनल समिकरण पूरा, यस्तो रहेको छ खेल तालिका

डिसी नेपाल
१२ माघ २०७६ १९:१२

एजेन्सी । दक्षिण अफ्रिकामा जारी यू१९ एकदिवसीय विश्वकप प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ ।

दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ । विश्व विजेता इंग्ल्यान्डको यू१९ टोली भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड यू१९ टोली वेस्ट इन्डिज र अस्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको हो । इंग्ल्यान्डले शनिबार पहिलो पटक विश्वकप खेलेको नाइजेरियालाई ८ विकेटले हराएको थियो । शनिबार भएको ग्रुप ‘ए ‘को खेलमा श्रीलंकाले पहिलो पटक विश्वकप खेलेको जापानलाई ९ विकेटले पराजित गर्यो ।

जापानले प्रस्तुत गरेको ४४ रनको सामान्य लक्ष्य श्रीलंकाले ८.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको थियो । समुह ‘सी’ को खेलमा शनिबार जिम्बावेले स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्यो । समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले यूएईलाई डकवर्थ लेविस पद्धतीको आधारमा २३ रनले हराउँदै दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *