एट्लेटिको मड्रिडको गोलरहित बराबरी

डिसी नेपाल
१२ माघ २०७६ २०:४३

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा एट्लेटिको १० खेलाडीमा सिमित लेगानेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा पाएको अवसर खेर फाल्दा एट्लेटिकोले बराबरी खेलेको हो । खेलको ९० औं मिनेटमा इभानले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लेगानेस १० खेलाडीमा समेटिएको थियो ।

लेगानेससँगको बराबरीसँगै एट्लेटिकोले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । एट्लेटिकोले २१ खेलमा ३६ अंक जोडेको छ । एट्लेटिको चौंथो स्थानमा रहेको छ । लेगानेस १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *