सभामुख सापकोटाद्वारा पद तथा गोपनीयताको सपथ (फाेटाेफिचर)

डिसी नेपाल
१३ माघ २०७६ १२:२२

काठकाडौं। आइतबार निर्विरोध निर्वाचित भएका सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सोमबार राष्ट्रपति भवन शीतलन निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ननिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो।

सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

उनको समर्थकमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, राजपाका लक्ष्मणलाल कर्ण र पूर्व सभामुख ओनसरी घर्तीमगर रहेका थिए। बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई प्रतिनिधिसभाको सभामुख भएको घोषणा गरेका थिए।

सबै तस्वीर : रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *