एनआरएनए अमेरिकाका प्रवक्ता भट्टराई र सल्लाहाकार मल्ल ‘हाललाई जिम्मेवारी मुक्त’

छाविन समिति गठन

वाशिङ्टन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्ना प्रवक्ता ओम भट्टराई र सल्लाहाकार शिव मल्ललाई ४५ दिनसम्मका लागि जिम्मेवारीबाट मुक्त गरेको छ।

एनआरएनए अमेरिकाको आइतबार राती बसेको बैठकले तिब्र विवादकाबीच भट्टराई र मल्ललाई जिम्मेवारी मुक्त गरी छाविन गर्ने निर्णय गरेको हो।

एनआरएनए अमेरिकाको गत निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवार भई पराजित भएका प्रसन्न संग्रौलाले प्रवक्ता भट्टराई र सल्लाहाकार मल्लविरुद्ध सामाजिक सञ्जालमा फेक आईडी तयार गरी एनआरएनका अभियन्ताहरु र अन्य अमेरिकामा बस्ने नेपालीहरुबारे भएनभएका कुरा प्रकाशित गरेको आरोप लगाउँदै छानविनका लागि निवेदन दिएका थिए।

संग्रौलाले फेसबुक लाइभ गर्दै गत हप्ता भट्टराई र मल्लको फोन, सामाजिक सञ्जालका फेक आईडीबारे सार्वजनिक गरेका थिए।

यसै विषयलाई लिएर एनआरएनएको आइतबार राति बसेको आपतकालीन बैठकमा उनीहरुविरुद्ध छाविन गर्न समिति गठन गर्ने निर्णय भएको छ।

वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे संयोजक, कानूनी सल्लाहाकार धन बस्नेत सदस्य, सल्लाहाकार सञ्जय थापा सदस्य, आईसीसी प्रतिनिधि एकजना र महिला कोअर्डिनेटर दिक्षा बस्नेतले तोकेको एक प्रतिनिधि सदस्य रहेको छाविन समिति गठन गरिएको हो। समितिलाई ४५ दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ।

बैठकमा यो विषयमा विवाद भएको थियो। अध्यक्ष सुनिल साह प्रवक्ता भट्टराई र मल्लमाथि कारबाही नगर्ने पक्षमा थिए। अध्यक्ष साहले एनआरएनए अमेरिकाको बैठकमा सल्लाहाकारदेखि आईसीसी प्रतिनिधिलाई पनि बोलाएपछि विवाद चुलिएको थियो। २५ जनामध्ये उपाध्यक्ष कृष्णजिवी पन्थलगायत १३ कार्य समिति सदस्यहरु कारबाही गर्नुपर्ने पक्षमा थिए। यो विवादले धेरै लामो समय लिएपछि अन्ततः निलम्बन भन्ने शब्द प्रयोग नगरी ‘हाललाई जिम्मेवारी मुक्त गरी छानविन गर्ने निर्णय गरियो।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position