सगरमाथाको काखमा विश्वभरका सुन्दरीहरुको मदहोस बनाउने क्याटवाक (फोटोफिचर)

डिसी नेपाल
१३ माघ २०७६ २१:२९

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा विभिन्न देशका सुन्दरीहरुलाई क्याटवाक गराइएको छ।

नेपाल भ्रमण वर्षको प्रचारका लागि सगरमाथाको आधार शिविरमा फेशन शो आयोजना गरिएको हो। जनवरी २५, २०२० मा ‘द माउण्ट एभरेष्ट फेसन रनवे’ आयोजना गरिएको हो।

कालापत्थरमा भएको यो फेसन शो विश्वकै उच्च स्थानमा भएको फेसन सम्बन्धी पहिलो कार्यक्रम हो। फेसन डिजाइनर रमिला नेम्कुलले गरेको जैविक विविधता र प्राकृतिक महत्त्वका फेसनको अनुसन्धानका आधारमा यो फेसन रनवे आयोजना गरिएको हो।

नेपाली मौलिक फाइबरले बनेका लुगा र पत्थरका गहना लगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मोडेलहरुले र्याम्प नापेका थिए। फेसन डिजाइनर रमिला नेम्कुलले शोधमा आधारित पहिरनमा सजिएका मोडेलहरुले फरक अनुभव बटुल्ने मौका पाएका थिए।

नेपालमा बायो देगद्रवले वस्त्र निर्माण गर्ने प्रयाप्त श्रोत रहेको र यसले वातावरण कुनै क्षति नपुर्याउने जनाइन्छ।

यो विश्व किर्तिमानी ‘फेसन रनवे’मा १५ जना अन्तराष्ट्रिय मोडलहरूको साथमा ५ जना नेपाली मोडलले उच्च स्थानको र्याम्पमा प्रस्तुति दिएका थिए।

मिस युनिभर्सल नेपाल २०१८ मनिता देवकोटाले स्वदेशी तथा विदेशी मोडलको नेतृत्व गरेकी थिइन्। इटाली, नेदरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड, नाइजेरिया, श्रीलंका र भारतका मोडलले यस फेसन रनवेमा सहभागिता जनाएका थिए ।

मोडलहरूको स्वास्थ्य सम्बन्धी समस्या नेपाल मेडिसिटि अस्पताल तथा आधार शिविरसम्म पुग्ने ट्रेकिङको नेतृत्व दावा स्टेभेन शेर्पाले गरेका थिए। जनवरीको महिना प्राकृतिक हिसाबमा निक्कै राम्रो मानिन्छ।

कासाले बायो डिग्रेडेबल डिजाइन कपडाहरू, शैम्पू, डिटर्जेंट, पानी नहुने स्नान र सौर प्रविधिको ट्रेकमा काला पत्थर जस्ता सिक्वेन्सहरु प्रस्तुत गरेको थियो।

नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालयको समेत सहकार्य रहेको थियो।

 

तस्वीरहरुः भिजिटनेपालको सचिवालयबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *