नुवाकोटने गुरुङ गाउँ : हरियालीले छाइएको रमणीय बस्ती (तस्बिरसहित)
नुवाकोट। साउनको महिनाको आगमनसँगै प्रकृतीले आफ्नो रूप फेरेको छ। यसै क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ मा रहेको गुरुङ गाउँ यतिबेला हरियालीले ढपक्कै ढाकिएर अतिनै रमणीय र मनमोहक देखिएको छ। वरिपरि फैलिएका पहाडका पाखाहरूमा देखिएको हरियालीले यस बस्तीको सौन्दर्यलाई अझ बढाएको छ।
भिरालो जमिनलाई मेहनतपूर्वक गरा–गरा पारेर बनाइएका खेतबारी र ती खेतबारीका गराहरूको बीच–बीचमा रहेका परम्परागत घरहरूले यहाँको मौलिक आकर्षणलाई झल्काएका छन्। साउनको झरी र घामको लुकामारीसँगै चम्किएको यो बस्ती ग्रामीण जीवनको एक उत्कृष्ट नमुना बनेको छ।
यहाँको यस प्राकृतिक सौन्दर्यले जो कोहीको पनि मन लोभ्याउने गरेको छ। शहरको बम्झझट र कोलाहलबाट टाढा शान्त वातावरण खोज्दै हिँड्ने पर्यटकहरूका लागि यो गुरुङ गाउँ एक आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ। हरियालीले सजाइएको यो गाउँले त्यतातिर पुग्ने जो कसैलाई पनि प्रकृतिको काखमा पुगेको अनुभूति गराउँछ।




No ads found for this position


डिसी नेपाल
Facebook Comment