आईसीसीले गर्यो दक्षिण अफ्रिकामाथि कारवाही
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले दक्षिण अफ्रिकालाई जरिवाना तिराएको छ।
आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत इंग्ल्यान्डविरुद्धको टेष्टमा स्लो ओभर रेटको कारण दक्षिण अफ्रिकाले जरिवाना तिर्नु परेको हो। पाहुना टोलीविरुद्धको चौंथो तथा अन्तिम टेष्टको बेला दक्षिण अफ्रिकाले बलरले ढिला बलिङ गरेका थिए ।
जरिवाना स्वरूप दक्षिण अफ्रिकालाई ६० प्रतिशत म्याच फि र ६ अंक घटाईएको छ । टेष्ट च्याम्पियनसिपको अंक तालिकामा दक्षिण अफ्रिकाले ७ खेलमा २४ अंक जोडेको छ । दक्षिण अफ्रिका तालिकाको सातौं स्थानमा रहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment