शिवमाया तुम्बाहाम्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं। उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाम्फेलाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मंगलबार बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। नेकपाले आज बस्ने केन्द्रीय कमिटी बैठकको पूर्वसन्धयामा तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको हो।
‘मलाइ पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको सत्य हो,’ तुम्बाहाम्फेले डिसी नेपालसँग भनिन्, ‘मैले भन्ने गरेको यू–ट्रन यही हो।’
नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाम्फेले राजीनामा दिएकी थिइन्।
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोपमा राजीनामा दिएपछि तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउनु पर्ने भन्दै अडान लिएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment