भ्रमण वर्ष सफल बनाउन बाल्टिमोरमा अन्तरक्रिया

डिसी नेपाल
१६ माघ २०७६ ९:२७

वाशिंटन। भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने भ्रमण वर्ष सचिवालय सदस्यसचिव बच्छु नारायण श्रेष्ठले बताएका छन्। गैरआबासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरले सुन्दर नगरी बाल्टिमोरमा आयोजित नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले उक्त कुरा बताएका हुन्।

‘सरकारले बिदेशी पाहुनालाई स्वागत गर्ने कुरामा आफ्नो तर्फबाट लागि परेको छ, त्यसका लागि नागरिक पनि अग्रसर हुनुपर्छ,’ उनले भने, ‘सरकारले प्लेटफर्म निर्माण गरिदिन्छ प्याकेज बनाउने जिम्मा निजी व्यावसायीको हो।’

सदस्य सचिव श्रेष्ठले ,२०२० को अन्तिम सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे। नेपाल सरकार र गैरआबासीय नेपाली संघबीच भएको १७ बुँदे सहमति अनुसार काम गरी अधिकतम पर्यटक भित्र्याउन सहयोग गर्दै विदेशमा बस्ने नेपालीलाई नेपाल घुम्न आउन श्रेष्ठले निम्ता गरे।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल अमेरिका च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले अमेरिकी पर्यटकको मन जित्नका लागि अमेरिकन टुर अपरेटर र नेपाली अपरेटरबीच सुमधुर सम्बन्ध कायम गर्न अमेरिकन राजदूतावाससँग कुराकानी भैरहेको जानकारी गराए।
सचिवालय सदस्य गोपाल अधिकारीले कुनै पनि पर्यटक निराश भएर फर्कनु नपर्ने जिकिर गरे। उनको कथन थियो, ‘नेपाल घुमेको पर्यटकले जीवन भरी नेपाल सम्झिरहने छ।’

कार्यक्रममा गैरआबासीय नेपाली संघ अमेरिकाका प्रभावशाली उपाध्यक्ष कृष्णजिवी पन्तले अमेरिकाका २३ वटै च्याप्टरहरु नेपाल भ्रमण वर्ष सफल बनाउन कम्मर कसेर लागेको बताए। भिजिट नेपाललाई सफल बनाउन गैरआबासीय नेपाली संघले धेरै प्रयास गर्ने जनाए।

साे अन्तरक्रिया कार्यक्रममा बोल्दै ब्यबसायी कृष घिमिरे एनआरएन आईसीसी संस्थापक उपाध्यक्ष श्याम कार्की, बाना अध्यक्ष सुबोध विलास पन्तले सरकारले विमानस्थललगायत पर्यटकीय क्षेत्रमा ब्यापक सुधार गर्नु पर्ने सुझाव दिए।

कार्यक्रममा एनआरएन आईसिसी सदस्य जेदु पोख्रेल, राप्रपा सहमहामन्त्री प्रेम श्रेष्ठ, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य धर्म बिकले सुझाव प्रस्तुत गरेका थिए।
त्यस्तै पूर्व सांसद रामकृष्ण घिमिरे, समाजसेवी कुल आचार्य चलचित्र निर्मात्री अनु श्रेष्ठ वन्त, भर्जिनिया शाखाका अध्यक्ष कृष्ण सादगी, सल्लाहकारहरु बिजय श्रेष्ठ, तरुण पौडेल,सालीक वाग्ले, सुभाश घिमिरेलगायतले आफ्नो मन्तब्य राखेका थिए।

सुझाव सल्लाह र अन्तरक्रियात्मक कार्यक्रममा ‘साथी बाल्टिमोरका’ रमेश भट्ट नेपाली छोरो,आनन्द घिमिरे, बिनोद उप्रेती उत्तम गौली रामचन्द्र अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए।

मेरिल्यान्ड च्याप्टरका सकृय उपाध्यक्ष राजु पराजुलिको बिशेष पहलमा बम्बे नाइट्समा आयोजित सो कार्यक्रमको अध्यक्षता च्याप्टर सभापति डोलनाथ घिमिरेले गरेका थिए भने सचिव बिष्णु बरालले कार्यक्रम सन्चालन गरेका थिए।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *