कांग्रेसले सही ट्रयाक समात्न शशांक सभापति आवश्यक !

डिसी नेपाल
१६ माघ २०७६ ९:५९

नेपाली कांग्रेसभित्रको जारी विवाद अहिले समाधानतर्फ अगाडि बढेको देखिएको छ। सधैं आन्तरिक विवादमा फस्दै आएको कांग्रेसभित्रको विवाद तत्कालका लागि समाधान भएको नेताहरुले नै बताएका छन्।

पछिल्लो समय असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू र सभापतिबीच के विषयमा सहमति बन्यो भन्ने विषयमा मंगलबार मात्रै कार्यकर्ता र पत्रकारबीचमा खुलाएका थिए। नेता पौडेलले आफूहरुबीच भएको सहमति सुनाउँदै गर्दा उहाँको अनुहारमा सत्यताको भाव झल्किन्थ्यो।

कांग्रेसमा संस्थापन पक्ष र पौडेल समूहबीच भएको सहमति स्वार्थको र पदको भागवण्डा मात्रै नभएर सैद्धान्तिक सहमति भएको चर्चा छ। यद्यपि कांग्रेसभित्र विगतमा पनि यस्ता विवाद भागबण्डामा गएर टुंगिएको अवस्थामा अहिले भएको सहमतिलाई स्वार्थरहित भनेर मान्न कार्यकर्ता तयार हुँदैनन्।

लामो राजनीतिक इतिहास बेकेका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब महाधिवेशन लक्षित नीति तय गर्न र भूमिका कस्तो निर्वाह गर्ने अनि पार्टीलाई बलियो बनाउने भन्ने विषयमा विवकेपूर्ण तरिकाले कदम चाल्न आवश्यक छ।

वर्तमान सभापति शेरबहादुर देउवाका क्रियाकलाप, सोच र व्यवहारसँगै प्रतिपक्ष दलका नेताको हैसियतले गर्न खोजेका काम र क्रियाकलापका साथै उहाँको चिन्तन र शैलीले कांग्रेस अन्यन्तै कमजोर भएको र यही अवस्था हो भने कांग्रेस इतिहासमा सीमित हुने पो हो कि भन्ने चिन्ता आम कांग्रेस कार्यकर्ता, मतदाता र शुभचिन्तकले व्यक्त गरेका छन्। यस्तो बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो तर्फबाट पहल गरेर सबैको सहमतिमा एक जना सभापतिको उम्मेद्वार तय गर्नुपर्ने बेला आएको छ।

कांग्रेसको मुख्य निर्देशक सिद्धान्त जुन घरमा जन्मिएको थियो, शशांक त्यही घरमा जन्मिनुभएको हो। कांग्रेसको सिद्धान्त त्यही घरमा हुर्कियो जहाँ शशांक हुर्किनुभयो। यस अर्थमा अहिले बीपीको बाटो सही तरिकाले यदि कसैले समात्न सक्छ भने त्यो व्यक्ति शशांक नै हो किनकि एकै परिवारका सन्तानले एक अर्कालाई अत्यन्तै राम्रोसँग बुझ्न सकेका हुन्छन्।

उहाँले अब कांग्रेसले चुनाव जित्दा आफू प्रधानमन्त्री बन्ने र पार्टीभित्र वरिष्ठ नेताको रुपमा अभिभावको भूमिका निर्वाह गर्ने गरी लोकप्रिय, पार्टीको सही नीति र दिशामा चल्न सक्ने सभापतिको उम्मेद्वारी दिँदा पराजित नहुने किसिमको उम्मेद्वार अहिले नै तय गर्नुपर्ने बेला भएको छ। यसो भयो भने वरिष्ठ नेता ऐतिहासिक बन्ने र उहाँलाई सबैले स्वीकार गर्न सक्ने अवस्था सृजना हुन्छ। त्यतिमात्रै होइन, हिजो किसुनजी र गणेशमानजीकै हाराहारीमा उहाँलाई आदर गर्न सक्ने वातावरण बन्न सक्छ।

कुशल संगठनकर्ता, अध्ययनशील, राष्ट्रिय र अन्तर्राष्ट्रिय सुझबुझको हिसाबले शेखर कोइराला निकै अगाडि हुनुहुन्छ। सिनियर, अध्ययन र विद्वताको हिसाबले रामचन्द्र पौडेल त्यत्तिकै हुनुहुन्छ। गणेशमानजीको पुत्र र काठमाडौं समेट्ने हिसाबले प्रकाशमान सिंह पनि संभावना बोकेको नेता हुनुहुन्छ। तर, वर्तमान सभापतिसँग टक्कर लिने र चुनाव जित्ने अहिलेको परिस्थितिको नेता भनेको महामन्त्री डा. शशांक कोइराला नै देखिनु भएको छ।

सबै असन्तुष्टलाई समेट्न सक्ने र कांग्रेसलाई नीतिगत रुपमा र सही दिशामा लैजान सक्ने संयम, धैर्य र दूरदर्शी नेताका रुपमा शशांक कोइरालाई कार्यकर्ताले स्वीकार गर्ने अवस्था देखिएको छ। संस्थापक नेताका सुपत्र भएका कारण कार्यकर्ताले उहाँलाई स्वीकार गर्न सक्ने देखिन्छ। त्यो कुरालाई बुझेर वरिष्ठ नेता पौडेलले पार्टीलाई चुनाव जिताउन र सत्तामा पुर्याउन अनि पार्टीलाई जीवन्तता दिन सबै नेतासँग सामूहिक छलफल गरेर सभापतिको उम्मेद्वार शशांक कोइरालालाई तय गर्नुपर्छ।

पारिवारिक पृष्ठभूमिले बाल्यकालदेखि नै गहिरो प्रभाव पारेको हुन्छ। कृष्णप्रसाद कोइरालाका छोरा भएकै कारण र उहाँको पारिवारिक वातावरणकै कारण उहाँका छोराहरु मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला तीनैजना मुलुकको प्रधानमन्त्री बन्ने हैसियतसम्म पुग्नुभएको हो। परिवार जुन धारमा अगाडि बढिरहेको हुन्छ सन्तानमा पनि त्यसको प्रभाव पर्छ र सन्तान पनि त्यही धारमा अगाडि बढ्दै जान्छन्। उमेर बढ्दै जाँदा सन्तानमा पनि त्यही विचारधारा, संस्कार र अभ्यासको प्रभाव परिसकेको हुन्छ।

लेखक : जगदीश दाहाल

शशांक बीपीका पुत्र हुनुहुन्छ। कांग्रेसको सिद्धान्तका प्रतिपादक स्वयं बीपी कोइराला हुनुहुन्छ जुन सिद्धान्तका आधारमा कुनै समय कांग्रेसले दुई तिहाइ बहुमत हासिल गरेको थियो। पछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले त्यही सिद्धान्तलाई अगाडि बढाउनुभएको हो। जबसम्म कांग्रेस बीपीको सिद्धान्तको बाटोमा थियो त्यति बेलासम्म कांग्रेस सशक्त थियो। पछिल्लो समय सुशील कोइराला रहँदासम्म कांग्रेसले बीपीको सिद्धान्त छाडेको थिएन र कमजोर पनि भएको थिएन। तर, जब सुशील कोइराला रहनुभएन कांग्रेसले बीपी पथ छाड्यो। लगत्तै कांग्रेस पतनतिर उन्मुख छ।

कांग्रेसको मुख्य निर्देशक सिद्धान्त जुन घरमा जन्मिएको थियो, शशांक त्यही घरमा जन्मिनुभएको हो। कांग्रेसको सिद्धान्त त्यही घरमा हुर्कियो जहाँ शशांक हुर्किनुभयो। यस अर्थमा अहिले बीपीको बाटो सही तरिकाले यदि कसैले समात्न सक्छ भने त्यो व्यक्ति शशांक नै हो किनकि एकै परिवारका सन्तानले एक अर्कालाई अत्यन्तै राम्रोसँग बुझ्न सकेका हुन्छन्। छोराको मुख्य गुरु पिता नै हुन्छन्। कांग्रेसको सिद्धान्तका जन्मदातालाई नै पिताको रुपमा पाएका र उहाँबाटै प्रशिक्षित शशांकलाई काग्रेसलाई कुन बाटो लैजाने र कसरी जनप्रिय बनाउने भन्ने बारेमा अब प्रशिक्षण दिनु आवश्यक नै छैन।

वर्तमान सभापति शेरबहादुर देउवाले पार्टी संचालन गर्न र संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको अहिलेको अवस्थाबाट नेताहरुले अब पाठ सिक्नुपर्छ। प्रतिपक्ष दलको नेताले न्यूनतम रुपमा प्रतिपक्ष दलको नेताको भूमिका निर्वाह गर्न सक्नुपर्छ। विचार दिन सक्नु पर्छ। संसदीय व्यवस्थाको हिमायती लोकतान्त्रिक पार्टीले आज संसदको नेतृत्व र काम कारबाहीहरुका विषयमा आफ्नो तार्किक प्रतिक्रिया नै दिन सकिरहेको छैन।

कांग्रेसबाट प्रतिक्रिया त आएको छ तर त्यसमा न कुनै सैद्धान्तिक आधार छ न तार्किक विषयवस्तु छ। विरोधकै लागि मात्र विरोध गर्दैमा प्रतिपक्ष बनिँदैन। विरोध गर्नेले के कारणले विरोध गर्नुपर्यो भन्ने कारण मात्र होइन सही विकल्प समेत दिन सक्नुपर्छ । रोक्नकै लागि विरोध गर्ने होइन बरु त्यसलाई कसरी सुधारेर लैजान सकिन्छ भन्ने सुझावसमेत दिन सक्नुपर्छ।

अहिले संसदमा भइरहेका काम कारवाहीका विषयमा कांग्रेसमा न कुनै अध्ययन छ, न जायज क्रिया प्रतिक्रिया दिनसक्छ । कांग्रेसले प्रतिपक्षको रुपमा नाजायज र गलत क्रियाकलापको भण्डाफोर समेत गर्न सकिरहेको छैन, न आफ्ना संगठनलाई चुस्त, दूरुस्त र संगठित राख्न सकेको छ। पार्टीको त्यस्तो नेतृत्वले कसरी पार्टी संचालन गर्न सक्छ? यतातर्फ सबैको ध्यान जान जरुरी छ। अब सभापतिले आफ्नो र अर्काको नभनी जायज र उपयुक्त व्यक्तिलाई समर्थन गरेर पार्टीलाई बलियो र भरपर्दो बनाउन सहयोग गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *