ग्रेट हिमालय क्रिकेट एकेडमीको उद्घाटन

डिसी नेपाल
१७ माघ २०७६ २०:४३

काठमाडौं। हिमालय स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको ‘वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडमी’ पुनः संरचना र सुबिधासहित ललितपुरको हातिवनमा एक समारोहबीच भब्य उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा मदन भन्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख , वागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव, नेपाल क्रिकेट संघका कोषाध्यक्ष, राखेप प्रशिक्षकहरु तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थिति रहेको थियो।

बिगत सात बर्ष अगाडि २०१३ मा काठमाडौंको शान्तिनगरमा स्थापित वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडमीको नवनिर्मित एकेडमिमा इन्डोर प्राक्टिस, प्रबिधीमैत्री ट्रेनिङ्ग, होस्टेल सुबिधा, बलिङ मसिन, क्याफटेरिया, स्पोर्ट्स सप लगायतका सुबिधाहरु रहेको छ।
जीएचसीएले भारत, बङ्गलादेश, यूएर्इलगायतका देशहरुमा नियमित रुपमा एकेडमिका खेलाडीहरुलाई भ्रमण गराउने गरेको छ।

कार्यक्रममा जीएचसीएले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई रु १ लाख सहयोग गरेको छ।

राष्ट्रिय क्रिकेट टिमका इशान पान्डे, यू १९ का सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश बिष्ट, बिबेक यादब, त्यसैगरी यू १६ का प्रसान्त सिंह, विशाल पटेल, दिपक बोहरालगायतका खेलाडीहरु जीएचसीएका उत्पादन हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *