आईसीसीले गर्‍यो भारतीय टिमलाई कारवाही

डिसी नेपाल
१८ माघ २०७६ १६:३०

एजेन्सी । न्यूजील्याण्ड भ्रमणमा रहेको भारतीय टिमलाई आईसीसीले जरिवाना तिराएको छ। न्यूजील्याण्डसँगको चौथो टी–२०मा ‘स्लो ओभर रेट’का कारण आईसीसीले भारतीय टिमलाई ‘म्याच फी’को ४० प्रतिशत रकम जरिवाना लगाएको हो।

आईसीसी म्याच रेफ्रीका इलाइट प्यानलका सदस्य तथा सो खेलमा म्याच रेफ्री क्रिस बोर्डले कप्तान विराट कोहलीको टिम भारतले २ ओभरमा समय बढी लिएको जनाएका छन् । यस्तै भारतका कप्तान विराटले जरिवाना स्वीकार गरेका छन् ।

आईसीसीको नियमअनुसार जुन खेलाडीले ‘स्लो ओभर बलिङ गरेका थिए उनीहरुले म्याच फीको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ। शुक्रबार भएको चौथो टी–२० मा भारतले सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो।

५ खेलको सिरिजमा भारतले ४–०को अग्रता लिँदै सिरिज आफ्नो नाममा गरेको छ। अन्तिम टी–२० आईतबार हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *