अष्ट्रेलियन ओपन टेनिसको उपाधि जोकोभिकलाई

डिसी नेपाल
१९ माघ २०७६ १८:४२

एजेन्सी। सर्बियन टेनिस स्टार नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।

उपाधि जित्ने क्रममा दोस्रो वरियताका जोकोभिकले पाँचौं वरियताका थिमलाई ६-४, ४-६,२-६,६-३ र ६-४ को सेटमा पराजित गरे । यससँगै जोकोभिकले आठौं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको १७ औं ग्राण्डस्लाम उपाधि हो ।

यस अघि सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक फाइनल पुगेका थिए । यस्तै थिमले एलेक्जेन्डर जेभरेभको चुनौती पन्छाएका थिए । महिलातर्फको उपाधि सोफिया केनिनले जितिसकेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *