रोनाल्डोको दुई गोलमा युभेन्ट्सको सहज जित

डिसी नेपाल
१९ माघ २०७६ १९:३८

एजेन्सी । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे ।

खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुनः पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्स २–० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २२ खेलमा ५४ अंक जोडेको छ । जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक रहेको छ । २५ अंक जोडेको फियोरेन्टिना १४ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *