भारोत्तोलन सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

डिसी नेपाल
१९ माघ २०७६ २१:११

काठमाडौं । नेपाल भारोत्तोलन सङ्घको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। आईतबार सम्पन्न साधारणसभाबाट श्रेष्ठ आफ्नो प्रतिद्वन्द्वी विजेन्द्रविक्रम शाहलाई दुई मत अन्तरले पराजित गर्दै चार वर्षका लागि सङ्घको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि सङ्घको उपाध्यक्ष पदमा थिए ।

श्रेष्ठले ३० मत पाउँदा उनको प्रतिद्वन्द्वी शाहले २८ मत ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए । यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए ।

सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए । उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे । १० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भईन् । उनि महिला सदस्यतर्फ निर्विरोध भएकी हुन् । अन्य सदस्यमा शिवनारायण चौधरी, गोपालबहादुर श्रेष्ठ, रत्नमान माली, महेशप्रसाद यादव, शत्रुघन यादव, दीपेन्द्रकुमार ठाकुर, प्रेमकुमार कौशल, राजेन्द्र प्रधान र अजय शाही निर्वाचित भए ।

विजयी पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकूद परिषद् (राखेप) का विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले पद तथा गोपनियताको सपथ गराउनुका साथै प्रमाणपत्र प्रदान गरे । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैसँग मिलेर भारोत्तोलन खेल विकास र विस्तारमा लाग्ने र भारोत्तोलन सङ्घको आफ्नै हल र भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *