मेस्सीको असिस्ट, १७ वर्षे ठिटाको २ गोलमा बार्सिलोनाको जीत

डिसी नेपाल
२० माघ २०७६ ८:२८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टेमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना २-१ गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाको जितमा दुवै गोल युवा खेलाडी अन्सु फातीले गरेका हुन् । फातीका दुवै गोल लियोनेल मेसीले असिस्ट गरेका थिए । फातीले खेलको ३० र ३१औ मिनेटमा गोल गरेका थिए ।

फातीले गरेका दुई गोलसँगै ला लिगामा नयाँ किर्तिमान समेत बनेको छ । फाती २१औ शताब्दीमा एकै खेलमा दुई गोल गर्ने सबै भन्दा कम उमेरका खेलाडी बनेका छन् । यस अघि यो किर्तिमान रियल जारागोजाका जुआनमी जिमेनेजको नाममा थियो । जिमेनेजले २०१० मा १७ बर्ष ११५ दिनको दिन दुई गोल गरेका थिए भने फातीले उनको रेकर्ड तोड्दै १७ बर्ष ९४ दिनमा यस खेलमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै लेभान्टेका लागि एक गोल रोचिनाले खेलको अन्तिम मिनेटमा गरेका थिए । यो जितपछि बार्सिलोनाले शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ३ अंकले कम गरेको छ । २२ खेलपछि बार्सिलोनाको ४६ अंक भएको छ भने रियल म्याड्रिडको २२ खेलपछि ४९ अंक रहेको छ । त्यस्तौ लेभान्टेको भने २२ खेलपछि २६ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *