प्याब्सकले माघ २२ गतेदेखि काठमाडौंमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता गर्दै

डिसी नेपाल
२० माघ २०७६ १५:०५

काठमाडौं। लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुट्सल ग्राउण्ड चुच्चेपाटीमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिताको अयाोजक संस्था (प्याब्सक) ले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो। ‘विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान’, ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयहरुले भाग लिने पनि निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेन्द्र लामाले जानकारी दिए।

कार्यक्रममा प्याब्सकका अध्यक्ष लामाले विद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभालाई उजार गर्नु आफूहरुको उद्देश्य रहेको सुनाए। ‘यो प्रतियोगितामार्फत देशका लागि उत्कृष्ट खेलाडीहरुसमेत जन्माउने हाम्रो उद्देश्य छ। विभिन्न यसका साथै, विद्यालयहरुबीच भाईचाराको सम्बन्ध पनि स्थापित हुन्छ,’ उनले भने।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) का महासचिव राजन श्रेष्ठले प्याब्सकले गर्दै आएका विभिन्न गतिविधिको बारेमा प्रकाश पारेका थिए। उनले आफूहरुले छात्रमात्रै नभएर छात्राहरुलाई पनि खेलकुदको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ काम गर्दैै आएको सुनाए।

उनले खेलकुद जगतमा प्याब्सकअन्तर्गतका विद्यार्थी भाई बहिनीहरुलाई राष्ट्रियस्तरमा स्थापित गराउने आफूहरुको लक्ष्य रहेको सुनाए। उनले भने,‘हामीले सोहीअनुसार काम गर्दै आएका छौं।’

प्याब्सकले सम्पूर्ण निजी विद्यालयहरुको हकहितका लागि बुलन्द आवाज उठाउने, शिक्षकहरुको क्षमता वृद्धिका लागि पूनर्ताजकि तालिम र विद्यार्थीहरुको सिर्जनात्मक क्षमतालाई प्रष्फुटन गर्न विभिन्न खालका नयाँ अद्यावधिक, स्मार्ट एवं लोकप्रिय अतिरिक्त क्रियाकलापहरु निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको पनि जानकारी गराएको छ।

प्याब्सकले जनाएअनुसार यो प्रतियोगिता चौथो संस्करण हो। प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयहरुलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदका साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने जनाएको छ। त्यस्तै, क्वाटरफाईनल पछिका खेलहरुमा ‘म्यान अफ द म्याच’ छनौट गरि ट्रफी प्रदान गर्ने पनि आयोजक संस्थाले जनाएको छ।

प्याब्सकले जारी गरेको विज्ञप्तिअनुसार फुटसलका नियममा खेलहरु नकआउट चरणमा एन्फाको नियमानुसार खेलाईने, आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने, खेलमा ५ जना खेलाडी र तीन जना वैकल्पिक खेलाडी रहने, कक्षा ९ सम्मका विद्यार्थीले मात्र भाग लिने पाउने, प्रवेश शुल्क तीन हजार लाग्ने, खेल सुरु हुनुभन्दा ३० मिनेट अगाडि ग्राउण्ड रिपोर्टिङ गर्नुपर्ने, खेलाडीहरुले नम्बर अंकित जर्सी, मोजा, फुटसल जुक्ता र प्याड अनिवार्य लगाउनुपर्ने, खेलाडीहरुले जन्मदर्ताको फोटोकपी, परिचयपत्र र रजिष्ट्रेशन फर्मको फोटोकपी अनिवर्या रुपमा बुझाउनुपर्ने, प्रोटेस्ट दर्ता शुल्क एक हजार लाग्ने र उक्त रकम फिर्ता हुनेछैन।

र, प्रोस्टेट लागेका टिमले एक घण्टाभित्रमा आयोजकले मागेको सम्पूर्ण कागजपत्र उपलब्ध गराउनुपर्नेछ र अन्यथा उक्त टिम स्वतः अयोग्य घोषणा गरिनेछ।

पहेंलो कार्ड र रातो कार्डको शुल्क क्रमशः २ सय र पाँच सय लाग्ने, प्राथमिक उपचार आयोजकले गर्नेछ र खेल २० मिनेटको हुनेछ, सेमिफाईनल पछिका खेलहरु ३० मिनेटको खेलाईनेछ, धरौटी रकम रु एक हजार बुझाउनुपर्नेछ र कुनैपनि काडए नखाएमा सो रकम फिर्ता हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *