ए डिभिजन लिगमा जावलाखेल विजयी

डिसी नेपाल
२० माघ २०७६ १५:२६

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले चौथो जित हासिल गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले ब्रिगेड ब्वायजलाई १-० गोल अन्तरले पराजति गरेको हो ।

जावलाखेलको जितमा खेलको ३२औ मिनेटमा सुजित बुढाथोकीले गोल गरेका थिए । यो जितपछि जावलाखेलको १० खेलमा १५ अंक भएको छ भने लिगको छैठौ स्थानमा उक्लिएको छ । त्यस्तै यो हारपछि ब्रिगेड ब्वायज भने १० खेलमा ८ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।

लिग अन्तर्गत आजै दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच अपराहन्न ३ बजे एन्फा कम्प्लेक्समा हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *