पेट्रोल र डिजेलको मुल्य घट्यो, ग्यासको बढ्यो

डिसी नेपाल
२० माघ २०७६ १९:२३
120
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको हो। तर, खाना पकाउने ग्यास (एलपी ग्यास)को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *