श्रीलंका भ्रमणका लागि वेष्ट इन्डिजको टिम घोषणा

डिसी नेपाल
२० माघ २०७६ २१:३१

काठमाडौं (एजेन्सी)। श्रीलंकासँगको एकदिवसीय क्रिकेट सिरिजका लागि वेष्ट इन्डिजले टीमका महत्वपूर्ण सदस्य शिमरोन हेटमायर र इवन लुइसलाई विश्राम दिएर टोली घोषणा गरेको छ। वेष्ट इन्डिजले सोमबार कैरन पोलार्डको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

श्रीलंकासँगको वानडे सिरिजका लागिीवेष्ट इन्डिजको टीममा कप्तान किरोन पोलार्ड, फाबियन आलेन, सुनील अम्ब्रिस, डरेन ब्रावो, रोस्टन चेज, शेल्डन कोट्रेल, जसन होल्डर, शाई होप, अल्जारी जोसेफ, ब्रान्डन किंग, कीमो पल, निकोलस पूरन, रोभम्यान पोवेल, रोमारियो शेफर्ड र हेडेन वाल्श जूनियर रहेका छन्।

लामो समयपछि वेष्ट इन्डिजको टीममा डारेन ब्रावो, रोभम्यान पावेल र फाबियन आलेनले मौका पाएका छन्। वेष्ट इन्डिज र श्रीलंकाबीचको तीन खेलको एकविदसीय सिरिज श्रीलंकामा २२ फेब्रुअरीदेखि शुरु हुनेछ। वानडे लगत्तै श्रीलंका र वेष्ट इन्डिजले २ खेलको वटा टी–२० सिरिज पनि खेल्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *