रोहित शर्मा न्युजील्याण्डविरुद्धको एकदिवसीय तथा टेस्ट सिरिजबाट बाहिरिए

डिसी नेपाल
२१ माघ २०७६ ९:२९

काठमाडौ । भारतीय क्रिकेटर रोहित शर्मा न्युजील्याण्ड टुरको एकदिवसीय तथा टेस्ट सिरिजबाट बाहिरिएका छन् । प्रेस ट्रस्ट अफ इंडियाका अनुसार टी-२० सिरिजको पाँचौ खेमा ब्याटिंगका क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका रोहित एकदिवसीय र टेस्ट सिरिज नखेल्ने भएका हुन् ।

भारतले टी-२० सिरिज ५-० ले जितेपछि अब न्युजील्याण्डविरुद्ध ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेस्ट सिरिज खेल्दै छ । एकदिवसीय सिरिजको पहिलो खेल फेब्रुअरी ५ मा हुदै छ । न्युजील्याण्डविरुद्ध खेल्ने खेलाडी रोहितभन्दा अगाडी हार्दिक पाण्डेय, इशान्त शर्मा, भुवनेश्वर कुमार, दीपक चहर इन्जुरीका कारण बाहिरिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *