नेपाल अमेरिका अभ्यास क्रिकेटः अमेरिकालाई ११२ रनको लक्ष्य

डिसी नेपाल
२१ माघ २०७६ १३:१२

काठमाडौं। भोलिदेखि सुरु हुने त्रिदेशीय क्रिकेट सिरिजको पूर्वसन्ध्यामा आज भएको अभ्यास खेलमा नेपाल राष्ट्रपति ११ ले अमेरिकालाई ११२ रनको लक्ष्य दिएको छ । ४७ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल राष्ट्रपति ११ ले ३३.५ ओभरमा अलआउट हुँदै १११ रन बनाएको हो ।

मूलपानी क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालका लागि सुवास खकुरेलले ५२, शरद भेषावकरले ७, सुनिल धमलाले ५, पवन सर्राफले १९, सन्दिप जोराले ६, लोकेश बमले ४, भुवन कार्कीले २ र शेर मल्लले १ रन बनाए । अब अमेरिकाले जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *