धनगढी प्रिमियर लिगको मिति ८ महिना पछि सर्‍यो

डिसी नेपाल
२१ माघ २०७६ १५:५६

काठमाडौं । चौथो संस्करणको धनगढी प्रिमयर लिग (डीपीएल) टी-ट्वान्टी क्रिकेट कात्तिक पहिलो साताबाट आयोजना हुने भएको छ । फागुन ३ देखि १५ गतेसम्म हुने भनिए पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरका कारण प्रतियोगिताको आयोजना मिति सारिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार एक विज्ञप्ति निकाल्दै जानकारी गराएको छ ।

गत संस्करणको उपाधि नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र ऐरीको कप्तानीमा रहेको सीवाईसी अत्तरियाले जितेको थियो । प्रतियोगितामा विभिन्न सहरको ६ फ्रेन्चाइजी क्रिकेट टोलीको सहभागिता रहने गर्छ । धनगढी प्रिमियर लिग धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *