अमेरिकाको मेरिल्याण्डमा लघु चलचित्र प्रतियोगिता सम्पन्न 

डिसी नेपाल
२२ माघ २०७६ १:५९

मेरिल्यान्ड  । अमेरिकाको मेरिल्याण्डमा दोस्रो लघु चलचित्र प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । एनपीपीएले हालसालै नेपालमा आयोजना गरेकोे नेपाल भाषा दोस्रो लघु चलचित्र प्रतियोगितामा सहभागिता जनाएका १३ वटा चलचित्रहरूको लघु चलचित्र प्रदर्शनी सफलता पूर्वक आयोजना गरेको हो।

आगामी वर्ष ३० औं जन्मोउत्सव मनाउन लागेको एनपीपीएद्वारा पहिलो पटक आयोजित चलचित्र प्रदर्शन ऐतिहासिक रह्यो । कार्यक्रम फ्लावर हिल कम्यूनिटी सेन्टर, गैथेसबर्ग मेरिल्यान्डमा आयोजना गरिएको थियो।

प्रतियोगितामा एनपीपीएका अध्यक्ष राजु जोशीले स्वागत भाषण गरेका थिए भने महासचिव कृतिका श्रेष्ठले प्रदर्शनको घोषणा गरेकी थिइन् ।

प्रतियोगिताको शर्त अनुसार सबै लघु चलचित्रहरू प्रकाशित नेवा साहित्यको आधारमा बनाइएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार ७५ हजार, दोस्रो पुरस्कार ५० हजार र तेस्रो तथा चौथो पुरस्कार जनही २५ हजार थियो । एनपीपीएले पुरस्कार राशीको लागि ५०० अमेरिकी डलरको योगदान गरेको थियो ।

कार्यक्रममा १ सय जनाको सहभागिता थियो । खाजा तथा रातीको खानाको समेत व्यवस्था गरिएको उक्त कार्यक्रममा फ्रेडरिक मेरिल्यान्डको दिल्ली ६ नेपालीको रेस्टुराँले खानाको व्यवस्था गरेको थियो ।

चलचित्र हेर्न आएका अधिकांशलाई चलचित्रले राम्रो प्रभाव पार्न सफल भएको थियो भने विशेष गरी हास्य तथा पुरस्कार विजेताहरुलाई मनपराइयो । अत्यन्तै शान्तिपूर्ण तथा पारिवारिक वातावरणमा आयोजना गरिएको कार्यक्रमले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्न सफल भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *