सुर्खेतको भेरीगंगामा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला
सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर–११ चिप्लेमा निर्माणधिन भेरी–बबई डाइभर्सन आयोजनामा एक जनाको ब्यवारिसे अवस्थामा शव फेला गरेको छ।
मंगलबार बिहान बा १६ च १०४ नम्बरको बोलेरो गाडीमा उक्त ब्यवारिसे अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक माधव चौधरीले जानकारी दिए।
निरिक्षक चौधरीका अनुसार उक्त शव बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर–३ का अन्दाजी ३०/३२ वर्षका प्रदिप पराजुलीको हो ।
पराजुलीले भेरी–बबई डाइभर्सन आयोजनाको सोही बा १६ च १०४ नम्बरको बोलेरो गाडी चलाउदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
ब्यवारिसे अवस्थामा शब फेला परेको चालक पराजुलीले अत्याधिक मात्रामा मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकका आफन्त आएपछि मात्रै शव पोष्टमार्टका लागि लगिने प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment