किसानले घटाए कुखुराको मूल्य, अब मासुको मूल्य पनि घट्ने

डिसी नेपाल
२२ माघ २०७६ १७:२४

काठमाडौं। कुखुराको मासुको मूल्य आकाशिएपछि कुखुरा पालक किसानले कुखुराको मूल्य घटाएका छन्। किसानले बुधबार मूल्य घटाएका हुन्।

कुखुरा पालक किसान संघका अध्यक्ष भोजराज दाहालले कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँ घटाइएको जानकारी दिए। उनले २७० रुपैयाँ प्रतिकेजीबाट मूल्य घटाएर २६० कायम गरिएको डिसी नेपाललाई जानकारी दिए। अब खुद्रा कुखुराको मासुमा बजार मूल्य भन्दा १५ रुपैयाँ कम हुनुपर्ने छ।

डिसी नेपालसंग कुरा गर्दै दाहालले भने, ‘खासमा मूल्य नियन्त्रण र सबै कुरा निगरानी सरकारले गर्नुपर्ने हो, तर, हामी आफैले गरेका छौं। तर दाना उद्योगसँग हामीले मूल्य घटाउन कुरा गरेका थियौं।’ आफूले दाना उद्योगलाई मूल्य घटाउनका लागि ३ दिनको अल्टिमेटम दिएकोसमेत जानकारी दिए।

हाल कुखुराको मासुको मूल्य ४०० रुपैयाँ प्रतिकेजी नाघेको थियो। अब भने केही सस्तो हुने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *