अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरद्वारा नेपाली पाठशाला स्थापना

डिसी नेपाल
२३ माघ २०७६ ८:२१

वासिङ्टन डिसी, अमेरिका । नेपाली भाषा र संस्कृतिको अध्ययन अध्यापन लगातार गराउने उद्देश्यका साथ अनेसास मिजौरी च्याप्टरले नेपाली पाठशाला स्थापना गरेको छ ।

ॐ सरस्वती मया दृष्ट्वा, वीणा पुस्तक धारणीम् 
हंस वाहिनी समायुक्ता मां विद्या दान करोतु में ॐ।

यहि फेब्रुअरी १ शनिबार ऋषिपपञ्चमी तथा माता सरास्वती माताको पूजाका दिन पूजा बन्धनासहित नेपाली पाठशाला स्थापना गरिएको मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले डिसी नेपाललाई बताईन् ।

उनका अनुसार, उक्त पाठशालाबाट पहिलो दिनको अध्यापनको शिलशिलामा अनेसास बारे र नेपाली भाषाको बृहत् महत्व प्रवासमा र प्रवासीमा, साथै अध्यापनको पाठ्यक्रम तयार हुँदैछ ।

कार्यक्रमको अन्तिममा अँध्यारोबाट उज्यालोतिर वा असभ्यताबाट सभ्यतातिरको अर्थमा विद्याकी देवीमाता सरस्वतीको शक्तिले संसारमा सबैमा एकआपसमा माया, प्रेम, करुणा र सद्भावको भावना जागृत गराउन सकोस् भन्दै सहभागी सबैले नेपाली राष्ट्रिय गान गायका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *