पचासौं लाख युवालाई बिदेश राखेर मुलुक बन्दैन : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त चुनाव भन्दा माथी उठेको अभिभावकको रुपमा राजसंस्था आबश्यक भएको भन्दै मुलुकमा राजा सहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि दिन सक्ने दाबी गरेका छन्।
विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै थापाले राप्रपा प्रवेश गर्नेहरुले कहिल्यै पश्चाताप गर्नु नपर्ने भएकोले देश बचाउने र बनाउने अभियानमा राप्रपाको झण्डा मुनि गोलबन्द हुनु आबश्यक भएको बिचार ब्यक्त गरे।
पचासौं लाख युबालाई बिदेशी भुमिमा रगत पसिना बेच्न बाध्य बनाउनेहरुले देश निर्माण गर्न नसक्ने ठोकुवा गर्दै थापाले गलत मार्गचित्रका कारण मुलुक संकटको भुमरीमा फसेको बताए। जातीय आधारमा बिभाजित गर्ने कामले समस्या जटिल बन्ने तर्फ सचेत हुनुपर्ने बताउदै थापाले संस्कार, संस्कृति र परम्परा बिर्सियर पहिचान गुम्न जादा मुलुक कमजोर हुने बिचार ब्यक्त गरे।
नयाँ उद्योग खोल्ने, स्वदेशी-बिदेशी लगानी भित्र्याउने, कृषिमा जनतालाई आकर्षित गर्ने भन्दा भ्रस्टाचार र ब्रम्हलुटलाई प्राथमिकता दिदा देश खोक्रो बन्दै गएको थापाको कथन थियो।
नयाँ पुस्ताको साथ र सहयोगमा राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गरेरै छाड्ने थापाको प्रतिबद्धता थियो। कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुली ,केन्द्रिय सदस्यहरु केशब रेग्मी , सिर्जना रानी बर्मा, प्रबल नरसिंह राणा लगायतले बोलेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment