बालबालिकाको यौनशोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास

डिसी नेपाल
२६ माघ २०७६ ११:४५

इस्लामाबाद। पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसदहरुले प्रस्तावलाई बहुमतले पारित गरे ।

यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजायको कठोरता बढाउँदैमा अपराधमा कमी नआउने बताएका छन् । सार्वजनिक रुपमा फाँसी दिने काम संयुक्त राष्ट्रसंघको कानुन विपरित भएको भन्दै उनले यसलाई प्रचलनमा ल्याउन नहुने बताएका छन् ।

संसदमा यो प्रस्तावले ठूलो समर्थन पायो । तर, यसको विरोधमा बोल्ने परवेज अशरफ एक्लै भने थिएनन् । उनका साथै इमरान सरकारका विज्ञान तथा प्राद्योगिक मन्त्री फवाद चौधरीले पनि विधेयकको निन्दा गरेका थिए । उनले नृशंशता अपराधको जवाफ हुन नसक्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *