मुलुकलाई सही दिशा दिन प्रचण्डको भूमिका खोज्दै जनता

डिसी नेपाल
२७ माघ २०७६ १२:१७

प्रधानमन्त्री केपी ओलीले आफ्नो दायाँ बायाँ माधव नेपाल र झलनाथ खनाललाई राखेर आफूले बाँसुरी बजाएको र नेपाल र खनाललाई सारंगी बजाउन लगाएको तस्वीरले धेरैको ध्यान आकर्षित गर्यो। कम्युनिष्ट शासनमा सर्वोच्च नेता स्वस्थ वा अस्वस्थ भएको जानकारी जो कोहीले थाहा पाउन सक्दैनन् भन्ने भनाइ छ।

सर्वोच्च नेता मृत रहेछ भने पनि उसको नामबाट शासन चलाइ रहने परम्परा हुन्छ भन्ने पनि सुनिन्थ्यो। सर्वोच्च नेतालाई भगवान सरह मान्न लगाइन्थ्यो। नेपालमा पनि पछिल्लो समय कम्युनिष्ट पार्टीको एकीकरण र बहुमतपछि केही साना दललाई मिलाएर संसदमा दुई तिहाई बहुमत देखाउन र बलियो सरकार बनाउन नेकपा सफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली कसैको कुरा सुन्नु हुन्न र आफ्नै हिसाबले काम गर्नुहुन्छ भन्ने गुनासो पनि सुनिन्छ। उहाँका वरिपरि बसेको मानिसले उहाँलाई ‘भगवान’ मान्छन् भन्ने पनि सुनिन्थ्यो।

यसो भन्दै गर्दा केही दिन अगाडि उहाँले माधव नेपाल र झलनाथ खनाललाई सारंगी बजाउन लगाएर आफूले बाँसुरी बजाएको दृष्यमा प्रधानमन्त्री ओली बाँसुरीमा मग्न हुनुहुन्थ्यो। उहाँ बाँसुरीमा मस्त रहँदा उहाँलाई साथ दिन नेताद्वय नेपाल र खनाल सारंगी रेटिरहेका थिए।

उहाँले माधव नेपाल र झलनाथ खनाललाई सारंगी बजाउन लगाएर आफूले बाँसुरी बजाएको दृष्यमा प्रधानमन्त्री ओली बाँसुरीमा मग्न हुनुहुन्थ्यो। उहाँ बाँसुरीमा मस्त रहँदा उहाँलाई साथ दिन नेताद्वय नेपाल र खनाल सारंगी रेटिरहेका थिए।

अहिले त्यो दृश्यको विभिन्न कोणबाट व्याख्या हुने गरेको छ। मुलुकका कतिपय भागमा हिँउ परेर आम नागरिक जाडोले कठांग्रिएका छन्। मुलुकका कतिपय ठाउँमा भाइरल ज्वरोले जनताको मृत्यु भएको खबर दैनिकजसो आइरहेका छन्। सिमानाको समस्या उठिरहेका छन्। मुलुकमा मत्स्य न्याय भयो भन्ने टिप्पणी हुन थालेको छ।

एउटै कानुन कसैलाई लाग्ने कसैलाई नलाग्ने भयो। त्यही निर्वाचन आयोगले मुद्दा चलिरहेका गोविन्दराज जोशी जस्ताको मनोनयन खारेज गर्ने तर त्यही निर्वाचन आयोगले मुद्दा चलिरहेका अर्का अग्नी सापकोटाको मनोनय खारेज नगर्ने जस्ता चर्चा यतिबेला नागरिक समाजमा चल्ने गरेका छन्।

अदालतले गरेका फैसलाको आम नागरिक र संचारमाध्यमले त टिकाटिप्पणी गर्थे नै, संसदमा पनि अहिले टिप्पणी हुन थालेको छ। त्यसलाई जनताले कसरी बुझ्ने?
यसरी हेर्दा मुलुक संकटमा त छैन? भन्ने आशंका उब्जिएको छ । हाम्रा जननिर्वाचित प्रधानमन्त्री जुन किसिमको स्वास्थ्य अवस्था लिएर बस्नु भएको छ, यसले कतै जनताको मतमाथि खेलवाड गरेको त छैन भन्ने प्रश्नसमेत उब्जिएको छ।

विगत १५ वर्षयता जति उतार चढाव नेपालको राजनीतिमा देखियो ती सबैको लेखाजोखा र मूल्यांकन गर्दा नेकपाकै अर्का अध्यक्ष प्रचण्डमा भने परिपक्वता आएको देखिन्छ। उहाँमा मुलुकलाई नेतृत्व दिने किसिमको परिपक्वता आएको देखिन्छ।

लेखक : जगदीश दाहाल

आजकल प्रचण्डका अभिव्यक्ति निकै सन्तुलित हुने गरेका छन्। कम्युनिष्ट पार्टीमा भोलिका दिनमा भरपर्दा र विश्वास योग्य नेता र नेतृत्व दिन सक्ने संभावना प्रचण्डमा देखिएको छ। तर यसरी भोलिको मुलुकको नेतृत्व लिने परिपक्व नेताको रुपमा अगाडि आएका प्रचण्डले अहिलेको परिस्थिति र संकटमा किन बोल्न र पहल गर्न चुकिरहनु भएको छ भन्ने प्रश्न उठ्न थालेको छ।

समग्रमा कम्युनिष्ट पार्टीले मुलुकलाई दिशा दिन र आम नागरिकलाई सन्तोष दिन सकेको देखिएन । जनताले राहतको सास फेर्ने अवस्था बन्न सकेको छैन। हिजोचुनावताका आशावादी देखिएका आम नागरिकमा नैराश्यता देखिन्छ। शिक्षा, स्वास्थ्य, खाद्यान्नमा, वौद्धिक व्यावसाय र मिडियालगायतका क्षेत्रमा तनाव छ। विश्व विद्यालयका गतिविधि वा पदाधिकारी नियुक्तिमा होस् वा मिडिया काउन्सिल विधेयकका विषयमा होस्, निजी क्षेत्रका सम्बन्धमा होस वा वैदेशिक सम्बन्धमा मामिलामा होस्।

अर्थतन्त्र र आर्थिक क्षेत्रमा गतिविधिमा होस् सरकारको कुनै पनि सकारात्मक संकेत देखिएका छैनन्। यसमा प्रचण्डको भूमिका आम कम्युनिष्ट कार्यकर्ता र नागरिकले खोजिरहेका छन्। अब त प्रचण्डले पहल गर्लान् कि भनेर जनताले आश गरेका छन्।

तर प्रचण्डले त्यसको पहल नगर्दा आम नागरिक निराश छन्। पाँच वर्षपछिको चुनाव र पाँच वर्षपछि पनि कम्युनिष्ट पार्टीलाई जनताको मत नचाहिने रहेछ कि भनेर टिप्पणी हुन थालेको छ। सरकारको यस्तै कार्यशैली रहिरहने हो भने मुलुकले गतिलिन सक्दैन भन्ने चिन्ता व्यक्त हुन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *