अस्पतालको चमेनागृहमा विद्यार्थी र सरकारी जागिरेको घुइँचो

धनकुमार कार्की
२७ माघ २०७६ १३:५०

काठमाडौं। बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको चमेनागृहमा विद्यार्थी र सरकारी जागिरे र बटुवाहरुको भिड लाग्ने गरेको छ। अरु ठाँउभन्दा सफा वातावरणमा सस्तो दरले छिटो मिठो शुद्ध खाजा र खाना तयार हुने भएकाले भिड लाग्ने गरेको हो। त्यहाँ ८५ रुपैयाँमा खाना खान पाइन्छ भने १० रुपैयाँमा चिया र अन्य खानेकुरा पनि बजारमा भन्दा सस्तो छ।

हाल चमेनागृहको भवन पुनर्निर्माण भइरहेकाले पालमा संचालन भइरहेकोे यो चमेनागृहमा अस्पतालका बिरामी, बिरामी कुरुवा तथा अस्पताल बाहिरबाट अएका सेवाग्राहिले शुद्ध खाजा र खाना सस्तो मूल्यमा खान पाउँछन्।

यो चमेनागृहमा उपलब्ध खानेकुरा सस्तो मात्र होइन यो संभवत नेपालमा उपलब्ध अस्पतालहरु मध्ये सरसफाईमा यथेष्ट ध्यान पुर्याएको चमेना गृह हुुनुपर्छ।  यहाँको अर्को विशेषता भनेको तपाई यहाँ प्रवेश गर्नुभयो भने खानेकुराका लागि पहिले पैसा बुझाएर कुपन अनि टोकन लिनुपर्छ।

तपाईँले लिएको टोकनलाई यहाँ ग्राहकको सेवामा रहेका वेटरलाई टोकन बुझाएपछि केही समयपछि भान्सामा रहेका सहयोगीले माइकिङ गरेर तपाईँको टोकन नम्बर बोलाउँछन् र तपाईंले आफ्नो खाने कुरा आफैं लिनुपर्छ। यहाँ प्रवेश गर्ने बितिक्कै डाइनिङ हलको भित्तामा ‘तपाईँले सेल्फ सर्भिस अर्थात् खाने कुरा आफैंले लिनुहोस्’  लेखिएकाे छ।

खाना खानेबित्तिकै वेटरले आएर टेबुल सफा गर्छन्।  पैसा तिरेर कुपन लिएर बस्ने त्यसपछि माइकबाट खाना तयार भएको जानकारी आउँछ। अर्डर कुपन दिएको केही समयमै खाना तयार हुने, हाइजेनिक, सस्तो र ब्यबस्थित भएको हुनाले अस्पतालको क्यन्टिनमा विद्यार्थी र जागीरेहरुको समेत भीड लाग्ने गरेको छ।

क्यान्टिनको विशेषताका बारेमा रिपोर्टिङका लागि पुग्दा यहाँ एपोलो कलेजमा अध्ययनरत रुपा भट्टराई पनि यहाँ खाना खान आएको देखियो। डिसी नेपाल सँगको कुरामा भट्टराईले आफूँ यहाँ हप्तामा ३\४ पटक आउने गरेको बताइन्। कलेजमा ढिलोसम्म पढाइ हुने भएकाले घरमा समय नभ्याउँदा उनी खाना खान यहीँ आउने गरेको बताउछिन्।

ग्राहकको चाप हेरेर १० देखि १५ जना कर्मचारी क्यन्टिनमा उपलब्ध हुन्छन्। ।अस्पतालका कर्मचारी, बिरामी, बिरामी कुरुवा, विद्यार्थी , सरकारी कर्मचारी र बाटो हिड्ने बटुवा समेत गरेर दिनमा करिव तीन हजार माथि सेवाग्राही यहाँ आउने गरेको जानकारी यस चमेना गृहका संचालक कुमार कार्कीले जानकारी गराए।

बिहान कलेज पढ्ने र दिउँसो एउटा सहकारीमा काम गर्ने विवेक श्रेष्ठ यहाँका निरन्तर आउने ग्राहक हुन्। खाना मिठो, सफा, सस्तो र चाडैं उपलब्ध हुने भएकोले सधैं यहीँ खाने गरेको बताउँछन् उनी।

उता अस्पतालकै आइटी क्षेत्रमा काम गर्ने रोशन नेपाली पनि यो चमेनागृहको निरन्तर आउने ग्राहक हुन्। आँफूले खाजा र खाना सधैं यहीँ खाने गरेको उनी बताउँछन्।

यस्तो महंगीमा समेत चमेनागृहले सस्तो मूल्यमा खानेकुरा कसरी उपलब्ध गराउन सकेको बारेमा डिसी नेपालले संचालक मध्येका कुमार सामु राखेको प्रश्नमा उनी भन्छन् , ‘४ वर्षअघि सिभिल अस्पतालले टेन्डरको माध्यमबाट जुन रेटमा खुवाउने सम्झौता भएको थियो अहिले पनि तेही रेटमा आफूले खानेकुरा खुवाइराखेका छौं।’

फाइदाका लागि मात्र नभई सर्वसाधाणलाइ सेवा दिने हिसाबले सस्तो रेटमा सेवा दिइएको र भिड हुने भएकाले माइकिङ सिस्टमद्वारा व्यवस्था गर्न सकेको उनको तर्क रहेको छ। तपाईँ यहाँ प्रवेश गर्नुभयो भने खानेकुराका लागि पहिले पैसा बुझाएर कुपन अनि टोकन लिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *