नयाँदिल्ली: विधानसभा निर्वाचनको मतगणना सुरु, फेरि केजरीवालकै चर्चा

डिसी नेपाल
२८ माघ २०७६ ७:४९

नयाँदिल्ली । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना आजबाट सुरु भएको छ ।

दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरेर मतगणना सुरु गरिएको बताए ।

मतगणना कार्य बिहान ८ बजेबाट सुरु भएको हो । विद्युतीय मतदान भएकाले चुनावी परिणाम आजै बेलुकासम्म सार्वजनिक हुने अनुमान गरिएको छ।

चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन्।

यसैबीस आपका कार्यकर्ता र शुभचिन्तकहरुले नयाँ दिल्लीका विभिन्न शहरहरुमा क्विन्टलका क्विन्टर लड्डु र मिठाईँहरु बनाएर विजयी उत्सवका लागि पूर्व तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघिको निर्वाचनमा आम आदमी पार्टीले विधानसभा निर्वाचनमा ७० सिट मध्ये ६७ सिट जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *