कुवेतको राष्ट्रिय दिवसकाे अवसरमा एनआरएनएले अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना गर्दे

डिसी नेपाल
२८ माघ २०७६ १६:२३

कुवेत ।कुवेतको राष्ट्रिय दिवस दिवस तथा स्वतन्त्रता दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले यहि फेब्रुवरी २५ तारिख मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

एनआरएनए कुवेतका युवा संयोजक तथा प्रतियोगिता सञ्चालन समितिका संयोजक नवराज पराजुलीका अनुसार फेब्रुवरी १४ तारिख शुक्रबारका दिन टिम दर्ता र फेब्रुवरी २१ तारिख शुक्रबारका दिन टाइसिट तयार गरिनेछ। टिम दर्ताको लागि दिउँसो ११ बजेदेखि बेलुकी ५ बजे सम्मको समय तोकेको छ भने टाइसिट अपरान्ह ४ बजे सार्वजनिक गरिनेछ । प्रतियोगितामा सहभागी हुने टिमको लागि २१ केडी दर्ता शुल्क लाग्ने संयोजक पराजुलीले बताए।

भलिबल खेलको अन्तर्राष्ट्रिय नीति नियम, मान्यता र अभ्यासलाई आत्मसात गर्दै एनआरएन कप अन्तर नेपाली भलिबल प्रतियोगिता गराउन लागिएकोले यस पटकको प्रतियोगिता यस अघिका प्रतियोगिताहरू भन्दा स्तरीय हुने एनआरएनए कुवेतले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरिएकाे छ । प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाइ समेत पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिताका नियमहरु

१. भलिबल खेलको टिम दर्ता गर्दा सम्पुर्ण खेलाडी तथा टिम म्यानेजरको नाम लिष्ट पेश गर्नु पर्नेछ भने टिम क्यप्टेनको सिभिल आइडी कपी अनिबार्य रूपमा पेश गर्नु पर्नेछ।

२. खेलकुदको टिममा नेपाली बाहेक अन्य राष्ट्रको खेलाडीलाइ समावेश गर्न पाइने छैन।

३. एउटा टिम भित्र खेलाडी ६ जना, अतिरिक्त खेलाडी ३ जना तथा टिम म्यानेजर गरि जम्मा १० जनाको टिम हुनेछ।

४. भलिबल खेल्ने एक टिमका खेलाडीहरूले एकै किसिमको ड्रेस प्रयोग गर्नु पर्नेछ।

५. खेलाडीहरूले स्वास्थ्यको कारण खेल खेल्न नसक्ने वा अन्य समस्या भएमा खेल शुरू हुनुभन्दा आधा घण्टा अगाडी जानकारी दिनु पर्नेछ।

६. खेल खेलाउँदा आयोजक कमिटिको निर्णय अनुसार खेलाइनेछ। कुनै किसिमको विवाद सिर्जना भएमा एम्पायर र आयोजक कमिटीको निर्णय सर्वमान्य हुनेछ।

७. खेल खेलाउने एम्पायर र लाइन्सम्यान आयोजक कमिटीले छनोट गरि राख्नेछ।

८. खेलमा खेलाडीले प्रदर्शन गरेको खेल, अनुसाशन आदि हेरेर मुल्यांकन गरि सोही अनुसार उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरिनेछ।

९. खेल मैैैदानमा कुवेतको कानुनले प्रतिबन्धित गरेको कुनै पनि चिज लैैजान सख्त मनाही छ।

१०. भलिबल खेल प्रतियोगिताको दौरान कुनै पनि अनुसाशन विपरितका कृयाकलाप वा गतिविधि गरेको पाइएमा वा आयोजकलाइ नै चुनौति दिने गरि विवाद सिर्जना गरे गराएमा कुवेतको कानुन अनुसार सम्बन्धित निकायमा पेश गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *