हङकङमा एनआरएनएले नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने 

डिसी नेपाल
२८ माघ २०७६ १७:०४

हङकङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङले कोरोना भाइरसको संक्रमणबाट नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ ।

संघकी हङकङ अध्यक्ष राधिका गुरुङले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सर्जिकल मास्क वितरण गर्ने जानकारी दिएकी छिन् । मास्क वितरण गर्ने मिति, स्थान र समय चाँडै तय गर्ने विज्ञप्तिमा जनाइएको छ ।

चीनबाट महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भएको र १ हजार १८ जनाको मृत्यु भइसकेको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ ।

हङकङमा सो भाइरसको संक्रमणमा अहिलेसम्म कोही नेपाली नपरेको सुखद पक्ष रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले सतर्क रहन सबैमा अनुरोध गरेकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *