‘लभ डायरीज’को रेड कार्पेट प्रिमियर

डिसी नेपाल
१ फागुन २०७६ १२:०५

काठमाडौं। प्रणय दिवसको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ डायरीज’को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ।

विग मुभिजमा गरिएको प्रिमियरमा नेपाली चलचित्रका चर्चित अनुहार तथा चलचित्र पत्रकारहरुको बाक्लो उपस्थिति थियो। भुवन केसी, शिव श्रेष्ठ, झरना थापा, सुनिलकुमार थापा, केकी अधिकारी, प्रमोद अग्रहरी, निराजन प्रधान,सन्तोष सेन, सुदर्शन थापा, नवल नेपाल, दीवाकर भट्टराई, विनोद भण्डारी लगायत चलचित्रको प्रिमियरमा पुगेका थिए। कमेडी च्याम्पियनका प्रतिस्पर्धी समेत प्रिमियरमा पुगेका थिए।

सौरभ चौरधी निर्देशित चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल शीर्ष भूमिकामा छिन्। साथमा विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ। विनोद सापकोटा चलचित्रका निर्माता हुन्।

प्रिमियरमा ‘लभ डायरीज’लाई अधिकांशले उत्कृष्ट प्रेमकथानक चलचित्र भएको प्रतिक्रिया दिए। उक्त प्रतिक्रियाबाट निर्माण टीम आशाबादी देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *