एनआरएनएले निलम्बनको चेतावनी दिएपछि केन्द्रीय सदस्य अनुजाले छाडिन् कांग्रेस 

डिसी नेपाल
१ फागुन २०७६ १४:००

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय सदस्य अनुजा प्रधानले बेल्जियमस्थित नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको कार्यसमिति सदस्य पद त्यागको घोषणा गरेकी छिन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७ ९६० मा संघका कार्यकारी पदमा रहेका व्यक्तिहरु कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गर्न नपाइने व्यवस्था अनुरुप सो पद छोडेको बताएकी छिन् ।

प्रधानले आगामी दिनमा गैरआवासीय नेपाली संघको अभियानमा सकृय सहभागी हुने प्रतिबद्धता जनाएकी छिन् ।

उनले एनआरएनए र राजनीतिक दल दुबै तिर आबद्ध भएका व्यक्तिहरुलाई एक तिरको जिम्मेवारी त्याग गरि संघभित्रको शुद्धिकरण अभियानमा सहयोग गर्न आग्रह गरेकी छिन् ।

प्रधान नेपाली कांग्रेस केन्द्रिय समितिद्धारा गठिन नेपाली जनसम्पर्क समिति बेल्जियमको निर्वाचन तर्दथ समितिको सदस्य थिइन् ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पदाधिकारीहरुलाई कुनै पनि राजनीतिक पाटीको भातृसंगठनमा आवद्ध नहुन चेतावनी दिएको थियो। संघका नवनिर्वाचित पदाधिकारीहरु राजनीतिक पाटीको भातृ संगठनमा सक्रिय भएको पाएपछि संघले सार्वजनिक सुचना जारी गर्दै दुई साताभित्र पद छोड्न चेतावनी दिएको थियो ।

संघले मंगलबार सार्वजनिक सूचना जारी गर्दै राजनीतिक पाटीका भातृसंगठनमा पद लिएका पदाधिकारीहरूले तुरुन्त राजीनामा नदिए एनआरएनएबाट निलम्बन गर्ने चेतावनी दिएपछि अहिले विश्वभरका गैरआवासीय नेपालीहरुमा तहल्का मच्चिएको छ ।

राजनीतिक पाटीमा आवद्ध पदाधिकारीलाई आफू संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेबुअरी २५ सम्म लिखित जानकारी दिन समेत निर्देशन दिइएको छ । तोकिएको मिति सम्म कुनै जवाफ नआएको खण्डमा त्यस्ता व्यक्तिलाई पदबाट बर्खास्त गरी कार्वाही अगाडी बढाइने सूचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *