चौधरी ग्रुपलाई सञ्चारमन्त्रीको जवाफ : म किन झुक्ने, मलाई लखेटेर केही पाइँदैन

डिसी नेपाल
१ फागुन २०७६ १५:५६

काठमाडौं। चौधरी ग्रुप र सञ्चारमन्त्रीबीच दुर सञ्चारका लागि यूनिफाइड सर्भिस लाइसेन्सबारे दोहोरी चलिरहेका बेला बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रक्रिया पुर्याएर आए लाइसेन्स पाइने बताएका छन्।

यसअघि बाँस्कोटाले २० अर्ब दिएर लाइसेन्स पाइन्छ भनेपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर सञ्चारमन्त्रीलाई नविकरण शुल्कबारे जानकारी नै नभएको बताएको थियो। यही विषयमा बिहीबार सञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरेर चौधरी ग्रुपलाई फेरि जवाफ दिएका हुन्।

उनले भने, ‘विभिन्न लाइसेन्सको कति कति पर्छ, मलाई थाहा छैन। अब यो विषयमा अध्यायन गर्नुपर्छ। नीतिगत कुरा हो, प्रक्रिया पुर्याएर आउुनपर्छ। उपभोक्ताप्रति व्यापारीको रेस्पोन्स पनि हुन्छ। खाली फाइदा लिनेमात्र हुँदैन।’ उनले आफूलाई लखेटेर केही नहुने भन्दै चौधरी ग्रुपबारे पनि खोजबिन हुनुपर्ने बताए। उनले भने, ‘म किन झुक्ने, गल्ति नगरेकोले किन झुक्ने? माफी माग्ने भन्ने हुँदैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *