सरकारकाे दुई वर्षे उपलब्धि बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज संसदमा संवाेधन गर्ने
फाइल फोटोफाइल फोटो
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्ने भएका छन्। सरकारले दुई वर्षे काम कारवाहीबारे सदनलाई जानकारी दिनका लागि प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन्।
प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन्। वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुँदैछ। तीन गते दुई वर्ष पूरा हुने भए पनि प्रधानमन्त्री ओलीले शनिबार परेका कारण शुक्रबार नै सम्बोधन गर्न लागेको जानकारी संसदमा गराएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment